हाल नेपालको मौसममा बंगालको खाडीमा रहेको यास (YAAS) चक्रवातको आंशिक प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । अहिले प्रदेश १, प्रदेश २, बागमती तथा गण्डकी प्रदेशमा बदली भइरहेको र बागमती प्रदेशका केही स्थानमा पानी परिरहेको महाशाखाले जनाएको छ ।
आज देशभर बदली रही प्रदेश १, प्रदेश २, बागमती, गण्डकीलगायत प्रदेशका केही स्थानमा वर्षा हुने सम्भावना छ । प्रदेश १ को केही स्थानमा भारी वर्षाको सम्भावना छ । गण्डकी, बागमती र प्रदेश १ का उच्च पहाडी तथा हिमाली भू-भागका केही स्थानमा हिमपात हुन सक्ने छ ।
भोलि देशभर बदली रही प्रदेश १, प्रदेश २, बागमती, गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशका केही स्थानमा वर्षा हुन सक्ने छ । प्रदेश १, प्रदेश २, लुम्बिनी, गण्डकी तथा बागमती प्रदेशका केही स्थानमा भारी वर्षाको सम्भावना छ ।
शुक्रबार देशभर बदली रहने छ । देशका अधिकांश स्थानमा हल्का देखि मध्यम वर्षा हुन सक्ने छ । प्रदेश १, प्रदेश २, लुम्बिनी, गण्डकी तथा बागमती प्रदेशका केही स्थानमा भारी वर्षाको सम्भावना छ । हिमाली तथा उच्च पहाडी भू-भागमा हिमपात हुने महाशाखाको पूर्वानुमान छ ।