गृहपृष्ठ खबर धरानको प्रहरी चौकीमा आक्रमण, असईसहित ५ प्रहरी घाइते

धरानको प्रहरी चौकीमा आक्रमण, असईसहित ५ प्रहरी घाइते

सुनसरीको धरानमा हतियारधारी युवाले प्रहरी चौकीमा आक्रमण गर्दा पाँच जना प्रहरी घाइते भएका छन् । जाहेरी दिन आएका व्यक्तिलाई खोज्दै आएका हतियारधारी युवाले बिहीबार साँझ धरान- १५ बाझगरस्थित प्रहरी चौकीमा आक्रमण गरेका हुन् ।

मास्क लगाएर ६ वटा मोटरसाइकलमा आएका दर्जन बढी युवाले प्रहरी चौकीमा आक्रमण गर्दा ड्युटीमा खटिएका पाँच जना प्रहरी घाइते भएको हुन् ।

इलाका प्रहरी कार्यालय धरानका प्रहरी निरीक्षक हेमराज ओलीका अनुसार आक्रमणबाट चौकीका इञ्चार्ज असई सुमन दाहाल पनि घाइते भएका छन् । उनको बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचार भइरहेको छ । आक्रमणकारीले उनीमाथि खुकुरी प्रहार गरेका हुन् ।

जाहेरी दिन प्रहरी चौकी गएका व्यक्तिको पछिपछि आएको युवाको समूहले चाहेरीकर्तालाई आक्रमण गर्न खोजेपछि झडप भएको हो । आक्रमणकारीको खोजी भइरहेको प्रहरीले जनाएको छ ।

सम्बन्धित् समाचार