गृहपृष्ठ खबर दाङमा घटे कोरोना संक्रमित, निको हुने बढे

दाङमा घटे कोरोना संक्रमित, निको हुने बढे

दाङमा आज कोराना संक्रमित संख्याभन्दा मुक्त हुनेको संख्या बढेको छ । पछिल्लो २४ घण्टामा दुई सय ३३ जनाले कोरोनालाई जितेका छन् । जिल्लामा थप ३८ जनामा संक्रमण देखिएको आपतकालीन कार्य सञ्चालन केन्द्र दाङले जानकारी दिएको छ ।

संक्रमण मुक्त हुनेमा घोराहीका एक सय ३०, तुलसीपुरका ७१, लमहीका १५, दंगिशरणका पाँच, राप्ती र शान्तिनगर चार, चार जना, बबईका तीन र बंगलाचुलीका एक जना रहेका छन् ।

वैशाखयता जिल्लामा अहिलेसम्म पाँच हजार चार सय ४३ जना संक्रमणमुक्त भएका छन् । यस्तै, आज थप ३८ जनामा कोरोना पुष्टि भएको छ । विभिन्न प्रयोगशालामा १०० जनाको परीक्षण गर्दा १७ महिला र २१ पुरुषमा कोरोना पुष्टि भएको जिल्ला आपतकालीन कार्य संचालन केन्द्रले जनाएको छ ।

जिल्लामा अहिले एक हजार एक सय ३९ सक्रिय संक्रमित रहेका छन् भने  नौ सय ९३ घरमा, एक सय  ३१ सामान्य र १५ जना आईसीयुमा रहेको जानकारी दिएको छ । यहाँ वैशाखदेखि यता कोरोना संक्रमणबाट एक सय ६४ जनाको मृत्यु भएको केन्द्रले जनाएको छ ।

सम्बन्धित् समाचार