काठमाडौं : प्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी ओलीले एमालेलाई गुटहरुको मोर्चा बनाउन खोजेको आरोप लगाएका छन् । राष्ट्रका नाममा सम्बोधन गर्दै ओलीले एमालेलाई गतिशिल बनाउने आफ्नो प्रयास भए पनि गुटको मोर्चा बनाउनेहरुको अगाडि प्रयास सार्थक हुन नसकेको बताए ।
उनले अस्थिरता सिर्जनाका लागि स्वार्थ केन्द्रीत गठबन्धन गरेको,महाधिवेशनबाट निर्वाचित अध्यक्षलाई घेराबन्दी गर्ने दूरासाय राखेको आरोप लगाए ।
पार्टी निर्देशन विरुद्ध फ्लोर क्रस गर्ने, बागी उठाउने काम भएकाले यस्तो अवस्था आएको बताए । राजनीतिक स्थायित्वका लागि निर्वाचन महत्वपूर्ण हुने भन्दै उनले निर्वाचनमार्फत संघीय लोकतान्त्रिक गणतन्त्र सुदृढ गर्ने प्रतिबद्धता जनाए ।
जनताको निराशा चिर्दै निर्वाचनका सम्पन्न गर्नका लागि संसदमा प्रतिनिधित्व गर्ने दलहरुलाई सरकारमा सहभागी हुन आग्रह पनि गरे ।








