गृहपृष्ठ Featured सरकारले आज अध्यादेशबाट बजेट सार्वजनिक गर्ने, बजेटको आकार सवा १६ खर्बको हुन सक्ने

सरकारले आज अध्यादेशबाट बजेट सार्वजनिक गर्ने, बजेटको आकार सवा १६ खर्बको हुन सक्ने

सरकारले आज अध्यादेशमार्फत आगामी आर्थिक वर्ष २०७८/७९ को बजेट सार्वजनिक गर्ने तयारी गरेको छ । अध्यादेशमार्फत बजेट ल्याउन नहुने भन्दै विज्ञहरूले बताउँदै आएको भए पनि सरकारले बजेट सार्वजनिक गर्ने तयारी गरेको हो ।

अर्थमन्त्री विष्णु पौडेलले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयबाट आज दिउँसो ४ बजे बजेट सार्वजनिक गर्ने कार्यक्रम निर्धारण गरिएको छ ।

सरकारले अध्यादेशबाट बजेट ल्याउने तयारी गरिरहँदा विज्ञहरूले भने त्यसो नगर्न सुझाव दिएका थिए । तर, त्यसलाई वेवास्ता गर्दै आज अध्यादेशबाट बजेट ल्याइन लागेको हो ।

पूर्वअर्थमन्त्री, पूर्वप्रधानन्यायाधीश, योजना आयोगका नौ जना पूर्वउपाध्यक्ष, पूर्वप्रमुख निर्वाचन आयुक्तलगायतले अध्यादेशबाट बजेट नल्याउन आग्रह गरेका छन् । कतिपयले त निर्वाचन घोषणा गरेको सरकारले चुनाव केन्द्रित वितरणमुखी कार्यक्रम बजेटमा राख्न नहुनेमा जोड दिँदै आएका छन् ।

यद्यपी जेठ १५ मा बजेट ल्याउनुपर्ने संवैधानिक व्यवस्था भएकाले सोही अनुरूप बजेट ल्याइन लागिएको सरकारी पक्षको भनाइ छ । बजेट सवा १६ खर्बको हुने जनाइएको छ।

सम्बन्धित् समाचार