गृहपृष्ठ Featured सरकारले आज अध्यादेशबाट बजेट सार्वजनिक गर्ने, बजेटको आकार सवा १६ खर्बको हुन सक्ने

सरकारले आज अध्यादेशबाट बजेट सार्वजनिक गर्ने, बजेटको आकार सवा १६ खर्बको हुन सक्ने

प्रकाशित मिति:

सरकारले आज अध्यादेशमार्फत आगामी आर्थिक वर्ष २०७८/७९ को बजेट सार्वजनिक गर्ने तयारी गरेको छ । अध्यादेशमार्फत बजेट ल्याउन नहुने भन्दै विज्ञहरूले बताउँदै आएको भए पनि सरकारले बजेट सार्वजनिक गर्ने तयारी गरेको हो ।

अर्थमन्त्री विष्णु पौडेलले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयबाट आज दिउँसो ४ बजे बजेट सार्वजनिक गर्ने कार्यक्रम निर्धारण गरिएको छ ।

सरकारले अध्यादेशबाट बजेट ल्याउने तयारी गरिरहँदा विज्ञहरूले भने त्यसो नगर्न सुझाव दिएका थिए । तर, त्यसलाई वेवास्ता गर्दै आज अध्यादेशबाट बजेट ल्याइन लागेको हो ।

पूर्वअर्थमन्त्री, पूर्वप्रधानन्यायाधीश, योजना आयोगका नौ जना पूर्वउपाध्यक्ष, पूर्वप्रमुख निर्वाचन आयुक्तलगायतले अध्यादेशबाट बजेट नल्याउन आग्रह गरेका छन् । कतिपयले त निर्वाचन घोषणा गरेको सरकारले चुनाव केन्द्रित वितरणमुखी कार्यक्रम बजेटमा राख्न नहुनेमा जोड दिँदै आएका छन् ।

यद्यपी जेठ १५ मा बजेट ल्याउनुपर्ने संवैधानिक व्यवस्था भएकाले सोही अनुरूप बजेट ल्याइन लागिएको सरकारी पक्षको भनाइ छ । बजेट सवा १६ खर्बको हुने जनाइएको छ।

सम्बन्धित् समाचार