नेकपा एमालेबाट निष्कासनमा परेका माधवकुमार नेपाल समूहले सुर्खेतमा समानान्तर जिल्ला कमिटी गठन गरेको छ ।
नेपाल समूहले एमाले सुर्खेत जिल्ला सचिव मोहनसिंह बडुवालको अध्यक्षतामा २२७ सदस्यीय समानान्तर कमिटी गठन गरेको हो । त्यस्तै, उपाध्यक्षमा टोपबहादुर रास्कोटी, सचिवमा शिवप्रसाद उपाध्याय र उप–सचिवमा बलबहादुर नेपाली रहेका छन् ।
नेपाल पक्षका निवर्तमान प्रतिनिधिसभा सदस्य धुब्रकुमार शाही सुर्खेतका अध्यक्ष हुन् । उनी संस्थापन पक्षमा लागेपछि नेपाल समूहले समानान्तर कमिटी गठन भएको हो ।







