सरकारले सबे नेपालीलाई कोरोनाविरुद्धको खोप उपलब्ध गराउने भएको छ ।
शनिबार आर्थिक वर्ष २०७८–७९ को बजेट सार्वजनिक गर्दै अर्थमन्त्री विष्णु पौडेलले सबै नेपालीलाई यथाशीघ्र कोरोनाविरुद्धको खोप उपलब्ध गराउने घोषणा गरेका हुन् । त्यसका लागि २६ अर्ब ७५ करोड रुपैयाँ छुट्याइएको अर्थमन्त्री पौडेलले बताए ।








