जानकी मन्दिर र तिलौराकोटलाई विश्व सम्पदामा सूचीकृत गर्न प्रक्रिया अघि बढाउने भएको छ ।
अर्थमन्त्री विष्णु पौडेलले बजेट भाषणमार्फत यस्तो जानकारी गराएका हुन् । उनले चितवनको अयोध्यापुरीमा राम मन्दिर निर्माणका लागि बजेट विनियोजन गरिएको बताए ।
यस्तै, देशभरको संस्कृति झल्कने गरी कीर्तिपुरमा राष्ट्रिय सांस्कृति संग्राहलय दुई वर्षभित्र निर्माण गरिने बताए ।








