प्रतिनिधिसभा विघटनविरूद्ध परेका रिटमा सर्वोच्च अदालतको संवैधानिक इजलासमा आज पनि सुनुवाइ हुँदैछ ।
शुक्रबार संवैधानिक इजलासमा सुनुवाइ सुरू भएको मुद्दमा बहस नसकिएपछि आज पनि सुनुवाइ हुन लागेको हो ।
सर्वोच्चमा प्रतिनिधिसभा विघटनसम्बन्धी ३० वटा रिट दर्ता भएका छन् । इजलासले एउटा निवेदनमा १० मिनेट बहस गर्न सकिने गरी समय निर्धारण गरेको छ ।








