बेलायतका प्रधानमन्त्री बोरिस जोनसनले विवाह गरेका छन् । ५६ वर्षीय जोनसनले ३३ वर्षीय क्यारी सिमोन्डसँग विवाह गरेका हुन् ।
शनिबार भएको उक्त विवाहमा कमैलाई बोलाइएको थियो । बेलायतमा कोरोना महामारी नियन्त्रणका लागि विवाहमा ३० जनामात्र सहभागी हुन पाउने व्यवस्था गरिएको छ ।
सोहीअनुसार जोनसनको विवाहमा ३० जना मात्र सहभागी भएको बीबीसीले जनाएको छ ।








