गण्डकी प्रदेशसभामा आजदेखि बजेट अधिवेशन सुरू हुँदैछ । असार १ भित्र बजेट ल्याइसक्नुपर्ने भएकाले आजबाट बजेट अधिवेशन सुरू हुन लागेको हो ।
आज दिउँसो १ बजे सुरू हुने अधिवेशनमा प्रदेशस्थित संसदीय दलका नेताहरूले बोल्ने कार्यसूची तय भएको छ । बजेट अधिवेशनमै मुख्यमन्त्री पृथ्वीसुब्बा गुरूङले विश्वासको मत लिने छन् ।
भोलि बजेटका सिद्दान्त तथा प्राथमिकता सार्वजनिक गर्ने र त्यसपछि नीति तथा कार्यक्रम प्रस्तुत गर्ने तयारी छ ।








