गृहपृष्ठ Featured कोरोनाले कपिलवस्तुको बाणगंगामा एकै परिवारका बाबु छोराको मृत्यु

कोरोनाले कपिलवस्तुको बाणगंगामा एकै परिवारका बाबु छोराको मृत्यु

वैखरी अनलाइन
कपिलवस्तुको बाणगंगामा कोरोना संक्रमणका कारण १ सातामा एकै परिवारका बाबु छोराको मृत्यु भएको छ । बाणगंगा नगरपालिकाको वडा नः ११ देउवापारमा बाबु छोराको मृत्यु भएको हो ।

बर्ष ७० का बाबु घिसावन थारु र बर्ष ४० का किसुन थारुको एक साताको अन्तरालमा मृत्यु भएको हो । बाबु घिसावन थारु आज गएको राती २ बजे मृत्यु भएको हो भने छोरा किसुन थारुको गत जेठ १० गते मृत्यु भएको हो ।

उनको घरमा घरमा २ छोरा, एउटी श्रीमति, र २ छोरी रहेका छन । परिवारमा बुवा र छोरा÷दाईको मृत्युका कारण परिवार अहिले शोकमा डुवेको छ । आर्थिक अवस्था कमजोर समेत रहेको थारु परिवारलाई राहात ब्यवस्थापनका लागी वडा कार्यालय लागेको र भोली राहात दिने तयारी भएको वडा अध्यक्ष सोमनाथ अर्यालले वैखरी अनलाइनलाई बताए ।

सम्बन्धित् समाचार