गृहपृष्ठ Featured लुम्बिनी प्रदेश : राष्ट्रियसभा उपनिर्वाचन आज, खड्का र पाण्डे मैदानमा

लुम्बिनी प्रदेश : राष्ट्रियसभा उपनिर्वाचन आज, खड्का र पाण्डे मैदानमा

लुम्बिनी प्रदेशमा आज राष्ट्रियसभाको उपनिर्वाचन हुँदै छ । राष्ट्रियसभामा प्रदेश तर्फको रिक्त एक सदस्य पदका लागि आज निर्वाचन हुन लागेको हो ।

आज हुने निर्वाचनका लागि सबै तयारी पूरा भइसकेको निर्वाचन आयोगले जानकारी दिएको छ । आयोगले मतदानका लागि आज बिहान ९ बजेदेखि अपराह्न ३ बजेसम्मका लागि समय निर्धारण गरेको छ । कोरोना संक्रमित मतदाताका लागि छुट्टै मतदान केन्द्र बनाइएको छ ।

नेकपा माओवादी केन्द्रबाट राष्ट्रियसभामा निर्वाचित चन्द्रबहादुर खड्का एमाले प्रवेश गरेपछि कारबाहीमा परेका थिए । त्यसपछि यो स्थान रिक्त भएको थियो ।

एमालेले खड्कालाई नै उम्मेदवार बनाएको छ । उनलाई जसपाको महन्थ ठाकुर पक्षले समर्थन गरेको छ ।

त्यस्तै विपक्षी गठबन्धनले भने हालै एमाले छाडेर कांग्रेस प्रवेश गरेका दृगनारायण पाण्डेलाई उम्मेदवार बनाएको छ । पाण्डेलाई माओवादी केन्द्र, जनता समाजवादीको उपेन्द्र यादव पक्ष, राष्ट्रिय जनमोर्चा र नेकपा एमालेको माधवकुमार नेपाल पक्षले समर्थन गरेका छन् ।

सम्बन्धित् समाचार