गृहपृष्ठ Featured सर्वोच्च शिखर सगरमाथामा फहराइयो नेचर हर्ब्स र ग्यालेक्सी 4K को झण्डा

सर्वोच्च शिखर सगरमाथामा फहराइयो नेचर हर्ब्स र ग्यालेक्सी 4K को झण्डा

सर्वोच्च शिखर सगरमाथामा नेचर हर्ब्स इन्टरनेशनल प्रालि र ग्यालेक्सी 4K टेलिभिजनको झण्डा फहराइएको छ ।

नेपाली जैविक कृषि तथा जडिबुटीजन्य उत्पादनहरुको विश्व बजारीकरण गर्ने  पवित्र उद्देश्यका साथ स्थापित नेचर हर्ब्स ईन्टरनेशनल र नेपालकै पहिलो 4K टेलिभिजन ग्यालेक्सीको झण्डा २३ मे, २०२१ मा फहराइएको हो ।

सगरमाथा आरोहण जानुअघि नेचर हर्व्स इन्टरनेशलका प्रवन्ध निर्देशक अनन्तबाबु राईले नेचर हर्व्स इन्टरनेशलको झण्डा र ग्यालेक्सी 4K का प्रवन्ध निर्देशक रवि लामिछानेले ग्यालेक्सी 4K को झण्डा हस्तान्तरण गरेका थिए ।

सगरमाथा आरोहीहरु पी.के. शेर्पा र सोनाम शेर्पाले नेचर हर्ब्स र ग्यालेक्सी 4K को झण्डा फहराएका थिए । आरोही पी.के. शेर्पा नेचर हर्ब्स इन्टरनेसनलका सुपर डायमन्ड वितरक पनि हुन् ।

नेचर हर्व्स इन्टरनेसनलको ‘प्रकृतितर्फ फर्कौ र हरियाली रोजौ’ भन्ने अभियान र नेपाली सञ्चार क्षेत्रमा परिवर्तनकारी भूमिकासहित ग्यालेक्सी 4K टेलिभिजनले सगरमाथा आरोही तथा पहिलो ‘पिता–पुत्र पर्वतारोही’को ‘जलवायु परिवर्तन र विश्वव्यापी तापमान बृद्धिको बारेमा विश्वव्यापी सचेतना’ अभियानलाई हातेमालो गर्दै प्रवर्द्धन गरिरहेका छन् ।

नेचर हर्ब्स इन्टरनेशनल सन् २०१९ देखि विश्व बजारमा नेपालको जडिबुटी र जैविक कृषिको गुणस्तरीय स्वास्थ्य, सौन्दर्य तथा न्युट्रिसनल सप्लिमेन्टका उत्पादन, प्रवर्द्धन र बजारीकरण गरी ख्याति कमाउँदै आएको नेपाल सरकारबाट वस्तुको प्रत्यक्ष बिक्रीका लागि इजाजत प्राप्त बहुराष्ट्रिय कम्पनी हो ।

प्रत्यक्ष बिक्रीको माध्यमबाट ‘मेड इन नेपाल’ लाई विश्व बजारमा प्रवर्द्धन गरी स्थापित गर्ने भिजन र मिसनका साथ काम गरिरहेका कम्पनीले नेपाल लगायत मलेसिया, कतार, दुबई, हङकङ, सिंगापुरसम्म आफ्ना उत्पादनका बजार बिस्तार गरिसकेका छन् ।

स्वदेशमा नै रोजगारी र उद्यमशिलताको अवसर सिर्जना गर्दै युवाहरुलाई विदेश पलायन हुनबाट रोक्न, खेर गइरहेका जडिबुटीहरुलाई सदुपयोग गर्ने र स्थानीयकरण अभियान चलाई कृषि र किसानहरुलाई बजारसँग प्रत्यक्ष जोडी मुलुकको अर्थतन्त्र र राजस्वमा सकारात्मक योगदान गर्दै व्यापार घाटालाई कम गर्न निर्यात प्रवर्द्धन गर्ने योजना साथ सो कम्पनीले काम गरिरहेको छ ।

काठमाडौंस्थित शंखमुलमा मुख्य कार्यालय रहेको नेचर हर्ब्सले पोखरा, बुटवल, इटहरीमा प्रादेशिक कार्यालय तथा सबै प्रदेशहरुमा बिक्री कक्षहरु मार्फत् नेपाली बजारमा आफ्नो कारोबार गरिरहेको छ । सो कम्पनीले ११२ वटा विक्री केन्द्रका लागि इजाजत प्राप्त गरिसकेको छ ।

त्यस्तै, पत्रकारिता क्षेत्रको व्यावसायिकता, प्रभावकारिता, आधुनिकता र प्रविधिमा अग्रणी बन्ने र परिवर्तनकारी भूमिका खेल्ने लक्ष्य सहित नेपाल टेलिभिजनको इतिहासमा 4K प्रविधिका साथ प्रसारणको तयारीमा ग्यालेक्सी 4K नयाँ उचाईका साथ बजारमा आउँदैछ ।

सम्बन्धित् समाचार