गृहपृष्ठ Featured रुपन्देहीको तिलोत्तमा बन्यो नेपालमै बढी बजेट पाउने नगरपालिका

रुपन्देहीको तिलोत्तमा बन्यो नेपालमै बढी बजेट पाउने नगरपालिका

बुटवल जेठ १७ / सरकारले प्रस्तुत गरेको आगामी आर्थिक वर्ष २०७८÷७९ को बजेटमा देशभरका पालिकाहरु मध्ये रुपन्देहीको तिलोत्तमा नगरपालिका सबैभन्दा बढी अनुदान पाउने नगरपालिका भएको छ ।

यसपटक प्रस्तुत बजेटबाट तिलोत्तमा नगरपालिकाले कुल ८३ करोड ३७ लाख बजेट प्राप्त गरेको छ । तिलोत्तमाले प्राप्त गरेको यो बजेट नेपालका केही उपमहानगरपालिकाहरुको भन्दा समेत धेरै हो ।
नेपालमा सबैभन्दा कम बजेट अनुदान पाउने सिराहाको कर्जन्हा नगरपालिका हो उक्त नगरले यसपटक २७ करोड ६४ लाख रुपैया प्राप्त गरेको छ ।

नेपाल सरकारले समानीकरण अनुदान (कार्यसम्पादनमा आधारित अनुदान, न्यूनतम अनुदान, सुत्रमा आधारित अनुदान), ससर्त अनुदान, समपुरक अनुदान गरी स्थानीय तहलाई अन्तर सरकारी वित्तीय हस्तान्तरण गर्दै आएको छ ।
अर्थमन्त्री बिष्णु पौडेलले प्रस्तुत गरेको बजेट मध्ये झण्डै ४ खर्ब रुपैयाँ प्रदेश र स्थानीय तहमा हस्तान्तरण गर्ने छ । बिनियोजित बजेट मध्ये आगामी वर्ष ३ खर्ब ८६ अर्ब ७१ करोड ७२ लाख रुपैयाँ वित्तीय हस्तान्तरणका माध्यमबाट प्रदेश र स्थानीय सरकारमा हस्तान्तरण हुने र त्यो मध्ये प्रदेशमा १ खर्ब ३ अर्ब ७० करोड र स्थानीय तहमा २ खर्ब ८३ अर्ब १ करोड रुपैयाँ वित्तिय हस्तान्तरण हुने छ ।

यसरी गएको रकम मध्ये गाउँपालिकामा १ खर्ब ३९ अर्ब १९ करोड, नगरपालिकामा १ खर्ब २३ अर्ब ९६ करोड, उपमहानगरपालिकामा ९ अर्ब ७६ करोड र महानगरपालिकाहरुमा १० अर्ब ९ करोड रुपैयाँ हस्तान्तरण भएको छ ।
लुम्बिनी प्रदेशका उपमहानगरपालिकाहरु मध्ये सबैभन्दाबढी घोराही उपमहानगरपालिकाले एक अर्ब तीन करोड ५५ लाख प्राप्त गर्दा तुल्सीपुर उपमहानगरपालिकाले ९१ करोड ५८ लाख,नेपालगञ्ज उपमहानगरपालिकाले ९४ करोड ६१ लाख र बुटवल उपमहानगरले ७८ करोड ९७ लाख प्राप्त गरेको अर्थमन्त्रालयले सार्वजनिक गरेको बजेटमा उल्लेख छ ।

त्यसैगरी लुम्बिनी सांस्कृतिक नगरपालिकाले ५४ करोड १५ लाख, सिद्धार्थनगर नगरपालिकाले ५३ करोड ४३ लाख, सैनामैना नगरपालिकाले ४२ लाख ६५ लाख र देवदह नगरपालिकाले ४२ करोड ६० लाख, बर्दघाट नगरपालिकाले ४९करोड ३३ लाख सुनवल नगरपालिकाले ४६ करोड ४८ लाख रामग्राम नगरपालिकाले ५१ करोड ६ लाख, प्राप्त गरेका छन् । त्यसैगरी बाणगंगा नगरपालिकाले ६३ करोड ६६ लाख तानसेन नगरपालिकाले ६१ करोड ५ लाख मुसीकोट नगरपालिकाले ४७ करोड १८लाख सन्धीखर्कले ५९ करोड ५ लाख प्राप्त गरेका छन् ।
त्यसैगरी रोल्पा नगरपालिकाले ३९ करोड ३८ लाख, प्युठान नगरपालिकाले ४३ करोड ४ लाख लमही नगरले ४४ करोड ६९ लाख कोहोलपुर नगरले ५५ करोड ९ लाख र बार बर्दिया नगरपालिकाले ५५ करोड ७१ लाख प्राप्त गरेका छन् ।
संघीय सरकारले स्थानीय तहलाई त्यहाँको जनसंख्या, भूगोल, पालिकाको महत्वको आधारमा न्यूनतम अनुदान उपलब्ध गराउँदै आएको छ । रुपन्देहीको बुटवल उपमहानगरपालिकाले न्यूनतम अनुदान ८ करोड २५ लाख प्राप्त गर्दा तिलोत्तमाले ५ करोड, देवदहले ३ करोड ७५ लाख, लुम्बिनी सांस्कृतिक नगरपालिकाले ४ करोड २५ लाख, सिद्धार्थनगरपालिकाले ४ करोड र सैनामैनाले ३ करोड ७५ लाख प्राप्त गरेका छन् ।
आगामी आर्थिक वर्षमा रुपन्देहीको ओमसतिया गाउँपालिकाले २८ करोड ६० लाख, कञ्चन गाउँपालिकाले ३३ करोड ७५ लाख, कोटहीमाई गाउँपालिकाले २८ करोड ९० लाख, गैडहवा गाउँपालिकाले ३२ करोड ७८ लाख, मर्चवारी गाउँपालिकाले ३० करोड ९५ लाख, मायादेवी गाउँपालिकाले ३५ करोड ८८ लाख, रोहिणी गाउँपालिकाले ३४ करोड १९ लाख, शुद्धोधन गाउँपालिकाले ३१ करोड ४३ लाख, सम्मरीमाई गाउँपालिकाले ३२ करोड ७५ लाख र सियारी गाउँपालिकाले ३८ करोड ५० लाख अन्तर सरकारी वित्तीय हस्तान्तरणमार्फत् संघीय सरकारबाट बजेट प्राप्त गरेका छन् ।
स्थानीय सरकारलेहरुले संघीय र प्रदेश सरकारबाट अन्तर सरकारी वित्तीय हस्तान्तरणमार्फत् प्राप्त हुने बजेट समेतको आधारमा आगामी आर्थिक वर्षको लागि आफ्नो बजेट सार्वजनिक गर्छन् ।

सम्बन्धित् समाचार