गृहपृष्ठ Featured लुम्बिनी प्रदेशसभाको आठौँ अधिवेशन आह्वान

लुम्बिनी प्रदेशसभाको आठौँ अधिवेशन आह्वान

लुम्बिनी प्रदेशसभाको आठौँ अधिवेशन आह्वान गरिएको छ । प्रदेश प्रमुख धर्मनाथ यादवले यही जेठ १९ गते बुधबार दिउँसो १ बजे बस्ने गरी प्रदेशसभा बैठक आह्वान गरेको प्रदेशसभा सचिव दुर्लभकुमार पुन मगरले जानकारी दिए ।

प्रदेश सरकारले बजेटको तयारी गरिरहेका कारण प्रदेशसभामा बजेट पेश गर्नुपर्ने भएकाले अधिवेशन आह्वान गरिएको बुझिएको छ ।

पछिल्लो पटक मुख्यमन्त्रीमा शङ्कर पोखरेलको पुनः नियुक्तिसँगै उनको सिफारिसमा विशेष अधिवेशन अन्त्य गरिएको थियो ।

सम्बन्धित् समाचार