गृहपृष्ठ Featured देशभर थपिए ५३१६ कोरोना संक्रमित, १०१ को मृत्यु

देशभर थपिए ५३१६ कोरोना संक्रमित, १०१ को मृत्यु

नेपालमा पछिल्लो २४ घण्टामा ५ हजार ३१६ कोरोना संक्रमित थपिएका छन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभरका प्रयोगशालामा १३ हजार ८०५ जनाको पीसीआर र ३ हजार ७३  जनाको एन्टिजेन परीक्षण भएको छ ।

मन्त्रालयका अनुसार पीसीआर विधिबाट ४ हजार ५२४ र एन्टिजन विधिबाट ७९२ जना संक्रमित थपिएका छन् ।

पछिल्लो २४ घण्टामा देशभर १०१ जना संक्रमितको मृत्यु भएको छ । आज ७ हजार २१९ जना संक्रमित निको भएका छन्

सम्बन्धित् समाचार