गृहपृष्ठ Featured करिब १ अर्व ३० करोडको बजेट ल्याउने बाणगंगाको तयारी

करिब १ अर्व ३० करोडको बजेट ल्याउने बाणगंगाको तयारी

कपिलवस्तु : कपिलवस्तुको वाणगंगा नगरपालिकाले आगामी आर्थिक बर्ष ०७८÷७९ का लागि झण्डै १ अर्ब ३० करोडको बजेट ल्याउने तयारी गरेको जनाएको छ । बाणगंगा यतिबेला आगामी असार १५ गते भित्रै बजेट सार्वजनिक गर्नुपर्ने बाध्यताको बजेटको तयारीमा लागेको छ ।

साप्ताहिक रेडियो कार्यक्रम ‘हाम्रो वाणगंगा, राम्रो वाणगंगा’ मा बोल्दै नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृतले आगामी बर्षको लागि नगरपालिकाले १ अरब ३० करोडको बजेट ल्याउने तयारी गरेको जानकारी दिनुभयो । उहाँले केन्द्र सरकारबाट ६३ करोड बजेट आएको भन्दै नगरको आन्तरिक तर्फ ४८ करोडको बजेट हुने अनुमान गरिएको बताउनुभयो । यस्तै असार १ गते प्रदेशबाट आउने बजेटको टुंगो लाग्ने उहाँले बताउनुभयो । आगामी बजेटमा नगरको प्राथमिकता अधुरा आयोजनाको निर्माण रहेका छन ।

यस्तै थप रणनितिक आयोजनाको बारेमा छलफल भैरहेको जनाइएको छ ।

सम्बन्धित् समाचार