गृहपृष्ठ Featured पहाडी भू-भागका केही स्थानमा आज पनि वर्षा हुने

पहाडी भू-भागका केही स्थानमा आज पनि वर्षा हुने

मौसम पूर्वानुमान महाशाखाले आज दिउँसो प्रदेश १, प्रदेश २ र बागमीलगायत प्रदेशका पहाडी भू-भागमा बदली रही पहाडी भू-भागका केही स्थानमा वर्षा हुन सक्ने जनाएको छ ।

हाल देशमा पश्चिमी वायु र स्थानीय वायुको सामान्य प्रभाव छ । अहिले बागमती, गण्डकी र सुदूरपश्चिम प्रदेशमा बदली भइरहेको महाशाखाले जनाएको छ ।

भोलि प्रदेश १ र लुम्बिनी प्रदेशलगायत पहाडी भू-भागमा बदली रही पहाडी भू-भागका केही स्थानमा वर्षा हुन सक्ने छ ।

त्यस्तै आइतबार पहाडी भू-भागमा बदली रही प्रदेश १ र कर्णाली प्रदेशका पहाडी भू-भागका केही स्थानमा वर्षा हुने महाशाखाको पूर्वानुमान छ ।

सम्बन्धित् समाचार