गृहपृष्ठ Featured कोरोना संक्रमित श्रीमतीलाई हेलिकप्टर व्यवस्था नगरेको भन्दै शिक्षकले पिटे स्वास्थ्यकर्मी

कोरोना संक्रमित श्रीमतीलाई हेलिकप्टर व्यवस्था नगरेको भन्दै शिक्षकले पिटे स्वास्थ्यकर्मी

हुम्लाको दक्षिणी क्षेत्रमा रहेको चङ्खेली गाउँपालिकामा होम आइसोलेसनमा रहेकी कोरोना सङ्क्रमित श्रीमतीको उपचारमा लापरबाही गरेको भन्दै एक शिक्षकले गाउँपालिकाका स्वास्थ्य संयोजकमाथि हातपात गरेका छन् ।

गाउँपालिकाका स्वास्थ्य संयोजक कालीबहादुर बुढालाई शिक्षक अम्रित रोकायाले हातपात गरेका हुन् । श्रीमतीको उपचारमा लापरबाही गरेको भन्दै रोकायाले आफूमाथि हातपात गरेको स्वास्थ्य संयोजक बुढाले बताए ।

स्वास्थ्य सेवा कार्यालय हुम्लाका प्रमुख प्रेमबहादुर सिंहका अनुसार उपचारमा लापरबाही गरेको भन्दै रोकायाले स्वास्थ्यकर्मीमाथि हातपात गरेका हुन् ।

‘श्रीमतीको उपचारमा ख्याल नगरेको भन्दै शिक्षिकले सेनिटाइजर टाउकोमा खन्याएर आगो लगाउने प्रयास गरेका थिए । स्थानीयहरू आएर बचाएछन्,’ उनले भने, ‘बिहान ८ः१० बजे बुढाको कोठामै आएर आक्रमण गरेका हुन् ।’

शिक्षक रोकाया श्रीमतिको स्वास्थ्य अवस्था सामान्य रहेको जिल्ला जनस्वास्थ्य सेवा कार्यायलका प्रमुख सिंहले बताए । ‘श्रीमतीको उपचारको लागि हेलिकोप्टरको व्यवस्था नगरेको भन्दै आक्रमण गरेका थिए,’ उनले भने, ‘कोरोना संक्रमितको अवस्था भने सामान्य छ ।’

हुम्लाका प्रमुख जिल्ला अधिकारी गणेश आचार्यले घटनास्थलमा प्रहरी टोली पुगेको जानकारी दिए । आचार्यले घटनाबारे जानकारी आएको र सत्यतथ्य बुझेर प्रक्रिया अगाडि बढाइने जानकारी दिए ।

सम्बन्धित् समाचार