गृहपृष्ठ खबर नाइजेरियामा हतियारधारीहरुको आक्रमणबाट ८८ जनाको मृत्यु

नाइजेरियामा हतियारधारीहरुको आक्रमणबाट ८८ जनाको मृत्यु

प्रकाशित मिति:

एजेन्सी(नाइजर) : नाइजेरियाको उत्तर पश्चिम क्षेत्रस्थित केब्बी राज्यमा सशस्त्र समूहको आक्रमणमा ८८ जनाको मृत्यु भएको छ । घटनामा अरु दर्जनौँ मानिस घाइते भएका छन् ।

प्रहरीका अनुसार स्थानीय समुदायका उच्छृङ्खल समूहहरुबीच भीडन्तको क्रममा उनीहरु मारिएका हुन् । यस क्षेत्रमा गत अप्रिलमा पनि बन्दुकधारीहरुको आक्रमणको क्रममा ९ जना प्रहरी र २ जना स्थानीय नागरिक मारिएका थिए ।

यस घटनापछि स्थानीयहरु त्रसित नेका छन् । घटनाबारे बुझ्न र अवस्थालाई नियन्त्रणमा लिन सरकारले थप सुरक्षाकर्मी घटनास्थलतर्फ पठाएको छ ।

आइतबारको घटनाको सुरुमा ६६ जनाको मृत्यु भएको बताइएको थियो । तर प्रहरीले घटनास्थलमा पुगेर विवरण लिँदा ८८ जनाको मृत्यु भएको बताइएको छ ।

यस क्षेत्रमा दशकौँदेखि यस्तै प्रकृतिका स्थानीय समुदायबीच भीडन्तका घटना हुँदैआएका छन् । यसपटक गाई चोरेको वहानामा समुदायबीच भीडन्त भएको स्थानीय मिडियाले जनाएका छन् । यसवाहेक केब्बी क्षेत्रमा अपहरण, हत्या, लुटपाट जस्ता घटना वर्षौँदेखि हुने गरेका छन् ।

सम्बन्धित् समाचार