गृहपृष्ठ Featured ६२ मा किनेको पेट्रोल १२५ रुपैयाँमा बेच्छ, अझै घाटा भयो भन्छ आयल निगम

६२ मा किनेको पेट्रोल १२५ रुपैयाँमा बेच्छ, अझै घाटा भयो भन्छ आयल निगम

नेपाल आयल निगमले शनिबार मध्यरातिबाट मूल्य समायोजन गरेर पेट्रोलको मूल्य १२५ रुपैयाँ र डिजेल/मट्टीतेलको मूल्य प्रतिलिटर १०८ रुपैयाँ तोक्यो । निगमले अन्तर्राष्ट्रिय बजारमा मूल्य बढेको कारण जनाउँदै मूल्यवृद्धि गरको छ ।

मूल्य बढे पनि उल्टो घाटामा गएको भन्दै आयल निगम प्रशासन भने चिन्तित छ । अचम्म छ बढेको मूल्यअनुसार  प्रत्येक महिना उपभोक्ताको मूल्य पनि बढेको छ तर निगमको घाटा पनि बढेकै छ ।

निगमका निर्देशक नगेन्द्र शाह मूल्य समायोजनपछि हिसाब गणना गर्दै भन्छन्, ‘अघिल्लो १५ दिनमा १ अर्ब १० करोड घाटा भयो, अबको १५ दिनमा ५९ करोड २८ करोड रुपैयाँ घाटा लाग्‍ने अनुमान गरिएको छ ।’

उनी फेरि हिसाब देखाउँछन्, ‘यो १५ दिनमा पेट्रोलमा प्रतिलिटर ५ दशमलव ३२ रुपैयाँ, डिजेलमा ३ दशमलव २७ रुपैयाँ प्रतिलिटर घाटा हुनेछ । अझ खाना पकाउने ग्यासमा प्रतिसिलिण्डर २८४ रुपैयाँ  घाटा छँदै छ’ ।

सरकारले घाटै खाएर उपभोक्तालाई सस्तोमा बेचेको हो त ? कहाँ हुनु, कोरोनाका कारण आयका स्रोतहरू खुम्चिएर पिल्सिएका जनतामाझ सरकारले लुट नै मच्चाएको छ । चुरेको दोहन हुन प्रोत्साहन पुग्ने गरी भन्सार छुट दिएको सरकारले पेट्रोलमा भन्सार महसुलमात्रै २५ रुपैयाँसहित ५६ रुपैयाँ ३६ पैसा कर उठाएको छ ।

६२ रुपैयाँमा किनिएको पेट्रोल १२५ रुपैयाँमा बिक्री

सामान्य ढंगले सोच्दा बिक्री मूल्यभन्दा खरिद मूल्य बढी भएमा प्रत्यक्ष घाटा हुने हो । अब हेरौँ निगमले किनेको खरिद मूल्य र पेट्रोलपम्पबाट हुने बिक्रीमूल्य ।

सम्बन्धित् समाचार