गृहपृष्ठ Featured ६२ मा किनेको पेट्रोल १२५ रुपैयाँमा बेच्छ, अझै घाटा भयो भन्छ आयल निगम

६२ मा किनेको पेट्रोल १२५ रुपैयाँमा बेच्छ, अझै घाटा भयो भन्छ आयल निगम

प्रकाशित मिति:

नेपाल आयल निगमले शनिबार मध्यरातिबाट मूल्य समायोजन गरेर पेट्रोलको मूल्य १२५ रुपैयाँ र डिजेल/मट्टीतेलको मूल्य प्रतिलिटर १०८ रुपैयाँ तोक्यो । निगमले अन्तर्राष्ट्रिय बजारमा मूल्य बढेको कारण जनाउँदै मूल्यवृद्धि गरको छ ।

मूल्य बढे पनि उल्टो घाटामा गएको भन्दै आयल निगम प्रशासन भने चिन्तित छ । अचम्म छ बढेको मूल्यअनुसार  प्रत्येक महिना उपभोक्ताको मूल्य पनि बढेको छ तर निगमको घाटा पनि बढेकै छ ।

निगमका निर्देशक नगेन्द्र शाह मूल्य समायोजनपछि हिसाब गणना गर्दै भन्छन्, ‘अघिल्लो १५ दिनमा १ अर्ब १० करोड घाटा भयो, अबको १५ दिनमा ५९ करोड २८ करोड रुपैयाँ घाटा लाग्‍ने अनुमान गरिएको छ ।’

उनी फेरि हिसाब देखाउँछन्, ‘यो १५ दिनमा पेट्रोलमा प्रतिलिटर ५ दशमलव ३२ रुपैयाँ, डिजेलमा ३ दशमलव २७ रुपैयाँ प्रतिलिटर घाटा हुनेछ । अझ खाना पकाउने ग्यासमा प्रतिसिलिण्डर २८४ रुपैयाँ  घाटा छँदै छ’ ।

सरकारले घाटै खाएर उपभोक्तालाई सस्तोमा बेचेको हो त ? कहाँ हुनु, कोरोनाका कारण आयका स्रोतहरू खुम्चिएर पिल्सिएका जनतामाझ सरकारले लुट नै मच्चाएको छ । चुरेको दोहन हुन प्रोत्साहन पुग्ने गरी भन्सार छुट दिएको सरकारले पेट्रोलमा भन्सार महसुलमात्रै २५ रुपैयाँसहित ५६ रुपैयाँ ३६ पैसा कर उठाएको छ ।

६२ रुपैयाँमा किनिएको पेट्रोल १२५ रुपैयाँमा बिक्री

सामान्य ढंगले सोच्दा बिक्री मूल्यभन्दा खरिद मूल्य बढी भएमा प्रत्यक्ष घाटा हुने हो । अब हेरौँ निगमले किनेको खरिद मूल्य र पेट्रोलपम्पबाट हुने बिक्रीमूल्य ।

सम्बन्धित् समाचार