वैखरी अनलाइन
कपिलवस्तु जिल्लाको बाणगंगा नगरपालिका १७७ जना सक्रिय संक्रमित रहेका छन । नगरपालिका भित्रका ११ वटा वडामा गरि १७७ जना सक्रिय संक्रमित रहेका हुन । बाणगंगा नगरपालिका जिल्लामै सबैभन्दा बढि पिसिआर जाचँ गर्ने नगरपालिकाका रुपमा रहेको पाइएको छ ।
बाणगंगा नगरपालिकामा सक्रिय संक्रमितको सख्या समेत घटदैँ गएको बाणगंगा नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख ठगराज पौडेलले वैखरी अनलाइन जानकारी दिए ।
नगरपालिकाले हाल हप्ताको २ दिन इच्छुक नगरबासीलाई निशुल्क पिसिआर गर्ने ब्यवस्था समेत मिलाएको उनले जानकारी दिए । नगरपालिकाले राखेको आइसोलेसनमा हालसम्म ४३ जना संक्रमित रहेर उपचार गरेकोमा २१ जना रिफर गरिइएको, १५ जना निको भई घर गएको र २ जनाको उपचार भई रहेको छ भने ५ को मृत्यु भएको पौडेलले बताए ।









