गृहपृष्ठ Featured १ असारदेखि शैक्षिकसत्र सुरु गर्दै सरकार, पुस्तक घरघरै पुर्‍याइने

१ असारदेखि शैक्षिकसत्र सुरु गर्दै सरकार, पुस्तक घरघरै पुर्‍याइने

सरकारले आगामी १ असारदेखि विद्यालयस्तरीय कक्षा सञ्चालन गर्ने भएको छ ।

आइतबार शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री कृष्णगोपाल श्रेष्ठले मन्त्रालयका उच्चपदस्थ अधिकारीहरूसँग छलफल गर्दै  वैकल्पिक विधि  प्रयोग गरेर शैक्षिकसत्र कक्षा सञ्चालन गर्ने निर्णय गरेको छ ।

शैक्षिकसत्र सञ्चालन र व्यवस्थापन गर्न स्थानीय तहलाई सम्पूर्ण अधिकार रहेकोले वैकल्पिक सिकाइ कार्यविधि कार्यान्वयन गरी कक्षा सञ्चालन गर्न सकिने मन्त्रालयले बताएको छ ।

शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयका प्रवक्ता तथा सहसचिव दीपक शर्मा विद्यार्थीको सिकाइलाई रोक्न नहुने भएकोले भौतिक रूपमा पठन पाठन गर्न सम्भव नभए पनि वैकल्पिक माध्यमबाट सिकाइलाई निरन्तरता दिन शैक्षिकसत्र सुरु गर्न लागेको बताए । विद्यार्थी जो जहाँ छन् त्यहाँ बसेर आफ्नो सिकाइलाई निरन्तरता दिनसकून भन्ने मन्त्रालयको निष्कर्ष रहेको उनको भनाइ छ ।

विद्यार्थीको परीक्षा मूल्यांकन गर्ने विभिन्न विधि प्रक्रिया अपनाउन स्थानीय सरकार र विद्यालय स्वयंले निर्णय गर्न सक्ने पनि प्रवक्ता शर्माले बताए । पाठ्यपुस्तक अघिल्लो वर्षजस्तै विद्यार्थीको घरघरमा उपलब्ध गराउने गरि व्यवस्था मिलाउने प्रवक्ता शर्माले बताए ।

सम्बन्धित् समाचार