वैखरी अनलाइन
कपिलवस्तुको बुद्धभुमी नगरपालिकामा भोली ६२ देखि ६४ बर्षका जेष्ठ नागरिकलाई भेरोसेल खोप लगाइने भएको छ । नगरपालिका भित्रका २ खोप केन्द्रबाट ६२ देखि ६४ बर्षका जेष्ठ नागरिकलाई भेरोसेल खोप लगाउन लगाउने ब्यवस्था मिलाइएको हो ।
नगरपालिका भित्रका जयनगर स्वास्थ्य चौकी र राजपुर स्वास्थ्य चौकीबाट कोरोना बिरुद्धको भेरासेल खोप लगाउने तयारी गरिइएको बुद्धभुमी नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत अनिल पौडेलले जानकारी दिए ।








