गृहपृष्ठ Featured कपिलवस्तु क्षेत्र नः २ का सासंद गुप्ता, जसले मन्त्रीको ‘अफर’ अस्वीकार गरे

कपिलवस्तु क्षेत्र नः २ का सासंद गुप्ता, जसले मन्त्रीको ‘अफर’ अस्वीकार गरे

प्रकाशित मिति:

हृदयश त्रिपाठी संयोजक रहेको स्वतन्त्र राजनीतिक समूहबाट एमालेको चुनाव चिन्हमा चुनाव जितेका वृजेश गुप्तालाई प्रधानमन्त्री केपी शर्मा अ‍ोलीले मन्त्री बन्नका लागि पटक पटक आग्रह गरेपनि उनले अस्वीकार गरेको पाइएको छ ।

हिजो जसपा नेपालका मन्त्रीहरु सपथ खान तयार भइरहेको बेला प्रधानमन्त्री अ‍ोलीले वृजेश गुप्तालाई फोन गरी सरकारमा सहभागी हुन आग्रह गरेका थिए । तर उनले बन्न अस्वीकार गरेका हुन् ।

उनले भने, हिजो मात्र होइन, पहिला पनि मलाई प्रधानमन्त्री अ‍ोलीले सरकारमा आउन आग्रह गर्नुभएको थियो । तर मलाई सरकारमा सहभागी हुने कहिले इच्छा नै आएन ।  अहिले आएर त झन प्रतिनिधिसभा विघटन भएकाले म सांसद छैन त्यही भएर नैतिकताको हिसाबले म मन्त्री बन्न चाहिनँ ।’

समूहका संयोजक ह्रदयश त्रिपाठीले पनि गुप्तालाई मन्त्री पद दिन खोज्दा उनले अस्वीकार गरेको साक्षी आफू रहेको बताएका छन् । उनले अद्भुत र उच्च नैतिकता गुप्तामा भएको भन्दै फेसबुकमार्फत सलाम पनि गरेका छन् ।

सत्ताकै खिचातानीले नेकपा विभाजन भयो । एमाले पार्टीमा विभाजनको स्पष्ट घेरा छ भने जसपा नेपाल पनि विभाजनको संघारमा पुगेको छ । सत्ताको लागि यतिसम्म खिचातानी हुँदा गुप्ताले भने मन्त्री बन्ने इच्छा नदेखाएका हुन् ।

तमलोपा पार्टी अस्तित्वमा रहँदा एकपटक कानुन मन्त्री भएका गुप्ता त्यसपछि मन्त्री बनेका छैनन् । उनले कपिलवस्तु क्षेत्र नम्बर २ बाट चुनाव जितेका थिए ।

सम्बन्धित् समाचार