गृहपृष्ठ खबर देशभर थप ३ हजार ४४९ जनामा कोरोना पुष्टि, ५ हजार ७६८ संक्रमणमुक्त

देशभर थप ३ हजार ४४९ जनामा कोरोना पुष्टि, ५ हजार ७६८ संक्रमणमुक्त

प्रकाशित मिति:

काठमाडौँ : २४ घण्टामा देशभर ३ हजार ४४९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार विभिन्न जिल्लामा बुधबार गरिएको १२ हजार ७४ पीसीआर परीक्षणमा ३ हजार ४४९ जनामा कोरोना पुष्टि भएको हो ।

यसैगरी, ४ हजार ५६६ एन्टिजेन परीक्षणमा ८९५ जनामा कोरोना संक्रमण देखिएको छ । पीसीआर र एन्टिजेन परीक्षणबाट कुल ४ हजार ३४४ जनामा संक्रमण पुष्टि भएको मन्त्रालयले जनाएको छ । सक्रिय संक्रमित ८० हजार ३३६ रहेका छन् ।

यस्तै २४ घण्टामा ५ हजार ७६८ कोरोना संक्रमणमुक्त भएको मन्त्रालयले जनाएको छ । सोही अवधिमा थप ८१ जनाले कोरोना संक्रमणका कारण ज्यान गुमाएका छन् ।

सम्बन्धित् समाचार