गृहपृष्ठ खबर जी सेभेन राष्ट्रको सम्मेलनबाट चीन रुष्ट

जी सेभेन राष्ट्रको सम्मेलनबाट चीन रुष्ट

प्रकाशित मिति:

एजेन्सी : चीनले जी सेभेन राष्ट्रको सम्मेलनमा आफूविरुद्ध उठेका सवालहरुप्रति कटाक्ष गर्दै राजनीतिक छेडछाडको आरोप लगाएको छ । बेलायतमा सम्पन्न जी सेभेनको सम्मेलनमा चीनको आलोचना भएपछि चीनले यस्तो आरोप लगाएको हो ।

तीन दिने शिखर सम्मेलनको अन्तमा जारी संयुक्त वक्तव्यमा जी सेभेनमा आबद्ध देशका नेताहरुले चीनलाई मानव अधिकार र मौलिक स्वतन्त्रताको सम्मान गर्न आग्रह गरिएको थियो ।

सम्मेलनमा उइगुर मुसलमान अल्पसंख्यक समूह विरुद्ध दुव्र्यवहार र हङकङमा प्रजातन्त्र समर्थकमाथि गरिएको ज्यादती लगायत मुद्दाहरु उठाइएको थियो ।

बेलायतस्थित चीनीयाँ दुताबासले सोमबार चीनमाथि लागाइएको आरोप निराधार रहेको भन्दै उसले आफ्नो निन्दा बन्द गर्न भनेको छ । चीनको आन्तरिक मामिलामा हस्तक्षप नगर्न उसले चेतावनी दिएको छ ।

जी सेभेनको वक्तव्यमा कोरोना भाईरस माहामारीको अन्त्य गर्ने, जलवायु परिवर्तनसंग जुध्न कदम चाल्ने लगायत विभिन्न मुद्दाहरुमा प्रतिबद्धता र चीनको सन्दर्भपनि समावेश गरिएको छ ।

सम्बन्धित् समाचार