गृहपृष्ठ Featured आजको मौसम : केही स्थानमा भारी वर्षा हुन सक्ने, सतर्कता अपनाउन महाशाखाको अनुरोध

आजको मौसम : केही स्थानमा भारी वर्षा हुन सक्ने, सतर्कता अपनाउन महाशाखाको अनुरोध

प्रकाशित मिति:

आज देशभर बदली रही अधिकांश स्थानमा मेघ गर्जनसहित वर्षा हुने छ । मौसम पूर्वानुमान महाशाखाका अनुसार प्रदेश २, बागमती, गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशका केही स्थानमा भारी वर्षा हुन सक्ने छ ।

देशभरी मनसुनी वायुको प्रभाव रहेको जानकारी दिँदै महाशाखाले अहिले गण्डकी, लुम्बिनी र सूदूरपश्चिम प्रदेशका केही स्थानमा पानी परिरहेको जानकारी दिएको छ । प्रदेश २ का केही स्थानमा मेघ गर्जनसहित वर्षा भइरहेको छ ।

आगामी २४ घण्टाममा धेरै स्थानमा मेघ गर्जन तथा चट्याङसहित वर्षा हुने तथा प्रदेश २, बागमती, गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशका केही स्थानमा भारी वर्षा हुन सक्ने भएकाले सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ ।

भोलि देशभर बदली हुने छ । केही स्थानहरुमा मेघ गर्जनसहित वर्षा हुने तथा लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका केही स्थानमा भारी वर्षा हुन सक्ने महाशाखाले जनाएको छ ।

त्यस्तै बिहीबार देशभर बदली रही केही स्थानमा मेघ गर्जनसहित वर्षा हुने छ भने बागमती, गण्डकी, लुम्बिनी प्रदेशका केही स्थानमा भारी वर्षा हुने महाशाखाको पूर्वानुमान छ ।

सम्बन्धित् समाचार