वैखरी अनलाइन
नजिकिदै गरेको गैर आवासीय नेपाली सघं यु.के. को अध्यक्षमा दिपक श्रेष्ठले उमेद्धवारी घोषणा गरेका छन । बिगत बर्षौदेखि बिभिन्न भुमिकामा रही जिम्मेवारी निर्वाह गर्दै सबैबिच लोकप्रिय रहेका श्रेष्ठले आउने सघंको अधिवेशनमा अध्यक्ष पदका लागी उमेद्धवारी घोषणा गरेका हुन । लुम्बिनि प्रदेश कपिलवस्तुको जिल्लाको बाणगंगा १ बैरीया स्थायी ठेगाना भएका श्रेष्ठ युवा समाजसेविका रुपमा परिचित रहेका छन ।
उनी लेख्छन “ संस्था लाई मर्यादित, पारदर्शिता र सबैको साझा संस्था को रूपमा स्थापित गर्दै संस्था को बिधि र बिधान तथा उद्देश्य अनुरूप काम गर्नु हो ।
मैले आजका दिन सम्म सामाजिक कार्य हरूमा हजुरहरूको भरोसा लाई टुटन दिएको छैन र दिने पनि छैन र हजुर हरूले दिएको जिम्मेवारी पुरा गर्दै आएको छु ।
मलाई काम गर्न मौक़ा दिनुहोस । म यू के बासी नेपाली र हाम्रो जन्मभूमि नेपालको लागी काम गरेर हजुरहरूलाई प्रमाणित गर्नेछु ।
गैर आवासीय नेपालीको मनोभावलाई कदर गर्दै काम गर्ने बताउदै श्रेष्ठले आफुलाई अध्यक्ष पदमा जिताउनका लागी आग्रह गरेका छन ।







