वैखरी अनलाइन
कपिलवस्तु जिल्लाको बुद्धभुमी नगरपालिका अहिले नगरको बिकासका लागी निति तथा कार्यक्रम बनाउनमा लागेको छ । यसैँ महिनामा ल्याउन लागेको नगरको निति तथा कार्यक्रम र बजेटलाई नगरबासीले निकै महत्वका साथ हेरेका छन ।
नगरपालिकाले अवको बजेटमा नगरभित्रै अस्पताल निमार्णमा बढि लगानी लगाउने तयारी गरेको बुद्धभुमी नगरपालिकाका मेयर केशव कुमार श्रेष्ठले बताए । कोरोना महामारीको अन्त्य हुने कुनै आधार नदेखिइएको र अन्य उपचारका लागी पनि नगरबासी अन्य ठाउमा जानु पर्ने समस्या बढि रहेकोले नगरभित्र अस्पताल निमाणर््ा गरि सकेसम्म धेरै भन्दा धेरै सेवा सुबिधा दिने लक्ष्य राखीएको मेयर श्रेष्ठले बताए ।
वैखरी अनलाइनसगं कुराकानी गर्दै मेयर श्रेष्ठले नगरपालिकाले नगरको मेरुदण्ड सडकको रुपमा रहेको टिक्कर— बुड्डी— बिजगौरी सडकलाई २ लेनको बनाउने जसका लागी डिपिआर तयार समेत भई सकेकोे बताए । साथै श्रेष्ठले नगरपालिका भित्रका सबै वडालाई समान्तर रुपमा बिकास गर्ने गरी निति तथा कार्यक्रम आउने श्रेष्ठको भनाई छ ।
अधुरा रहेका साना देखि ठुला सबै योजनालाई यस आर्थिक बर्षमा सक्ने योजना रहेको र त्यसलाई जसरी पनि पुरा गर्ने मेयर श्रेष्ठले बताए ।







