गृहपृष्ठ Featured बाणगंगा नगरपालिकाको निति तथा कार्यक्रम आज सार्वजनिक हुदै

बाणगंगा नगरपालिकाको निति तथा कार्यक्रम आज सार्वजनिक हुदै

प्रकाशित मिति:

बाणगंगा नगरपालिकाले आर्थिक बर्ष २०७८÷७९ का लागी आज निति तथा कार्यक्रम ल्याउने भएको छ । नगरपालिकामा बसेको कार्यपालिकाको बैठकले आज निति तथा कार्यक्रम ल्याउन लागेको हो ।

आज बसेको बैठकले सगर सभामा प्रस्तुत हुने निति तथा कार्यक्रमलाई सुझावसहित भोली नगर सभामा पेश गर्ने निर्णय भएको बाणगंगा नगरपालिकाका प्रवक्ता बिष्णु पौडेलले बताए । त्यस्तै बैठकले असार ९ गते १ बजे नगरपालिकाले बजेट प्रस्तुत गर्ने निर्णय भएको वडा नः २ का वडा अध्यक्ष समेत रहेका नगर प्रवक्ता पौडेलले बताए ।

यस्तै कार्यपालिकाको बैठकले आर्युवेदिक औषधालय निमार्ण र ब्यवस्थापनका लागी मायादेवि रगंशाला छेउमा रहेको करिव २ बिगाह जग्गा भोकाधिकारका लागी दिने निर्णय भएको उप प्रमुख चक्र अर्यालले बताए ।

वडा नः ८ का वडा अध्यक्ष संयोजक रही काम गर्दै आएको बैदेशिक समन्वय समितिलाई पर्यटन प्रर्वद्धन बैदेशिक समन्वय समितिको रुपमा नाम परिर्वतन गरिइएको छ ।

सम्बन्धित् समाचार