गृहपृष्ठ Featured १३ हजार २२ जनाको परीक्षण गर्दा २ हजार ८२८ जनामा कोरोना पुष्टि, ५२ जनाको मृत्यु

१३ हजार २२ जनाको परीक्षण गर्दा २ हजार ८२८ जनामा कोरोना पुष्टि, ५२ जनाको मृत्यु

बुधबार थप २ हजार ८२८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा कुल १३ हजार २२ जनाको परीक्षण गर्दा सो संख्याका संक्रमित थपिएका हुन्।

पछिल्लो २४ घण्टामा थप ५२ जनाको संक्रमणका कारण मृत्यु भएको छ। हालसम्म कोरोनाबाट ८ हजार ५५८ जनाको मृत्यु भएको छ।

आज ३ हजार ८२ जना कोरोनाबाट मुक्त भएका छन्। हालसम्म कोरोनाबाट निको हुनेको संख्या ५ लाख ४३ हजार ५२१ रहेको छ।

आजसम्म कुल संक्रमित भएकामध्ये ८८.४९ प्रतिशत निको भएको, १०.१२ प्रतिशत सक्रिय रहेको र १.३९ प्रतिशतको मृत्यु भएको मन्त्रालयले जनाएको छ।

 

मन्त्रालयका अनुसार ५ सयभन्दा बढी सक्रिय संक्रमित  रहेका जिल्ला ४३ छन्।

सम्बन्धित् समाचार