गृहपृष्ठ खबर अन्तरिक्ष केन्द्र निर्माणका लागि चीनले पठायो ३ अन्तरिक्ष यात्री

अन्तरिक्ष केन्द्र निर्माणका लागि चीनले पठायो ३ अन्तरिक्ष यात्री

काठमाडौँ : चीनले आफैं निर्माण गरिरहेको टियाहे अन्तरिक्ष केन्द्रमा बिहीबार तीन जना चिनियाँ अन्तरिक्षयात्री त्यसतर्फ गएका छन् । जियूकान स्याटेलाइट लन्च सेन्टरबाट बिहीबार बिहान ९ बजेर २२ मिनेटमा मार्च(२ एफ रकेटले उनीहरु चढेको सेन्झोउ-१२ यानलाई अन्तरिक्ष केन्द्र लगेको हो ।प्रक्षेपण सफल भएको चिनियाँ सञ्चारमाध्यमहरुले जनाएका छन् । चीनले पछिल्लो ५ वर्षमा पहिलो पटक अन्तरिक्षयात्रीहरुलाई अन्तरिक्षमा पठाएको हो ।

अन्तरिक्ष केन्द्रमा पठाइएका चिनियाँ अन्तरिक्षयात्रीहरुमा ५६ वर्षीय निह हाइसङ,५४ वर्षीय लिउ बोमिङ र ४५ वर्षीय थङ हङ्बो रहेका छन् । हाइसङ यसअघि सेन्झोउ(६ र सेन्झोउ-१० मिसनमा काम गरिसकेका अनुभवी टाइकानट्स(चिनियाँ अन्तरिक्षयात्री) हुन् । बोमिङ सेन्झोउ-७ मिसनमा सहभागी थिए भते थङको यो पहिलो अन्तरिक्ष मिसन हो ।

उयसमा दुई वटा कोर स्टेज र चारवटा बुस्टर छन् । यसले लो अर्थ अर्बिटमा ८।६ टनसम्मको पेलोड पठाउन सक्छ ।

सम्बन्धित् समाचार