गृहपृष्ठ खबर पश्चिम नवलपरासीका स्थानीयहरुलाई ज्यानको भन्दा दाउराको माया !

पश्चिम नवलपरासीका स्थानीयहरुलाई ज्यानको भन्दा दाउराको माया !

नवलपरासी  : पश्चिम नवलपरासीको नर्सही र आसपासका स्थानीयहरुलाई यति बेला नदीमा बगेर आउने काठ दाउरा समात्न भ्याई नभ्याई छ । उनीहरुका लागि उर्लंदो भेलले बगाएर मरिएला भन्ने चिन्ता भन्दा पनि नदीमा बगाएका काठ दाउरा हातबाट फुत्किएला की भन्ने चिन्ता छ ।

बलिया युवाहरु उर्लदो भेलको प्रवाह नगरी नदीको बीच नजीक पुगेर काठ दाउरा छोप्न व्यस्त देखिन्छन् । पाका उमेर र महिलाहरु नदी किनारमा बसेर स–साना दाउरा बटुल्नमा तल्लिन छन् । आकाशे पानी र नदीको पानीले निर्थुक्क भिजेका केही स्थानीयहरुलाई भेलबाट निकालेका दाउरा मिलाएर राख्न भ्याई नभ्याई छ ।

आफ्नो ज्यान भन्दा पनि दाउराको माया बढी मानेर नारायणी नदीको उर्लदो भेलमा हाम फाल्ने पश्चिम नवलपरासी सुस्ता गाउँपालिकाका नर्सही र आसपासका स्थानीयहरुले यस्तो कार्य गर्नु आफूहरुका लागि रहर नभई बाध्यता भएको बताउँछन् । घरायसी प्रयोजनका लागि वर्षभरी दाउराको जोहो गर्नु पर्ने भएकाले दाउरा संकलन गर्नु परेको उनीहरुको भनाई छ ।

सम्बन्धित् समाचार