गृहपृष्ठ खबर आज पनि केही स्थानमा भारी वर्षा हुने

आज पनि केही स्थानमा भारी वर्षा हुने

मौसम पूर्वानुमान महाशाखाले आगामी २४ घण्टामा देशका अधिकांश स्थानमा वर्षा हुन सक्ने जनाएको छ । त्यस्तै प्रदेश १, प्रदेश २ र लुम्बिनी प्रदेशका केही स्थानमा मेघ गर्जन तथा चट्याङसहित भारी वर्षा तथा प्रदेश १ का केही स्थानमा अति भारी वर्षा हुने छ ।

वर्षाका कारण पहाडी भू-भागमा पहिरो र गेग्रान बहावको जोखिम तथा नदीनालामा पानीको सतह बढ्ने एवं यातायात अवरुद्ध हुन सक्ने भएकाले सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ ।

अहिले देशभर बदली रही केही स्थानमा पानी परिरहेको महाशाखाले जानकारी दिएको छ । आज दिउँसो देशका अधिकांश स्थानमा वर्षा हुने छ । त्यस्तै प्रदेश १, प्रदेश २ र लुम्बिनी प्रदेशमा भारी वर्षाको सम्भावना छ । महाशाखाका अनुसार आज दिउँसो प्रदेश १ का केही स्थानमा अति भारी वर्षा हुन सक्ने छ । त्यस्तै आज राति प्रदेश २ का केही स्थानमा मेघ गर्जनसहित भारी वर्षा हुन सक्ने छ ।

भोलि देशका अधिकांश स्थानमा पानी पर्ने तथा लुम्बिनी, गण्डकी र बागमती प्रदेशका केही स्थानमा मेघ गर्जनसहित भारी वर्षा हुन सक्ने छ ।

त्यस्तै बुधबार देशभर बदली रही धेरै स्थानमा वर्षा हुने तथा सुदूरपश्चिम, लुम्बिनी, बागती र प्रदेश १ का केही स्थानमा मेघ गर्जनसहित भारी वर्षा हुन सक्ने महाशाखाको पूर्वानुमान छ ।

सम्बन्धित् समाचार