वैखरी अनलाइन
कपिलवस्तु जिल्लाको बुद्धभुमी नगरपालिकाले छात्राहरुलाई साइकल बितरण गरेको छ । छात्राहरुलाई उच्च शिक्षा हासिल गर्न प्रोत्साहन गर्न नगरपालिकाले छात्राहरुलाई साइकल साईकल बितरण गरेको हो । नगरभित्रका ५,६,७, ८ र १० नः वडामा कक्षा ८ मा पढने छात्राहरुलाई साईकल बितरण गरिएको बुद्धभुमी नगरपालिकाका मेयर केशव कुमार श्रेष्ठले बताए ।
कक्षा ८ मा पढेर कक्षा ९ मा गएका २४८ छात्राहरुलाई साईकल दिई छात्राहरुलाई नियमित बिद्यालयमा जोडी रहन सहयोग गर्ने उदेश्यले साईकल बितरण गरिएको नगपालिकाका प्रमुख प्रशासकीय अधिकृत अनिल पौडेलले बताए । उच्च शिक्षा हासिल गर्न उनीहरुलाई प्रोत्साहन गर्दै नगरपालिकाले नियमित बिभिन्न रचनात्मक काम गर्दै समेत आएको छ । साइकद पाएपछि छात्राहरु खुशी भएका छन ।








