गृहपृष्ठ खबर बुटवलको लुम्बिनी प्रादेशिक अस्पतालमा ४ संक्रमितको मृत्यु

बुटवलको लुम्बिनी प्रादेशिक अस्पतालमा ४ संक्रमितको मृत्यु

बुटवल : बुटवलको लुम्बिनी प्रादेशिक अस्पतालमा चार जना कोरोना संक्रमितको मृत्यु भएको छ । अस्पतालले जारी गरेको विज्ञप्ती अनुसार नवलपरासीका तीन जना र अर्घाखाँचीका एक जना पुरुषको मृत्यु भएको हो ।

अस्पतालका अनुसार अर्घाखाँची सन्धिखर्क–६ का ७८ बर्षीय पुरुष, नवलपरासीको सुनवल–६ का ३६ बर्षीय पुरुष, बर्दघाट–४ का ४५ बर्षीय पुरुष र बर्दघाट–१ का ६६ बर्षीय पुरुषको मृत्यु भएको हो ।

मृत्यु हुनेमा एक जनाको फिबर क्लिनिक र बाँकीको आइसीयुमा मृत्यु भएको हो ।

सम्बन्धित् समाचार