गृहपृष्ठ Featured सिद्धार्थ बुद्ध प्रोफेशनल एकेडेमीद्धारा बिपन्नलाई निशुल्क बृज कोर्ष र उच्च शिक्षाका लागी छात्रबृति

सिद्धार्थ बुद्ध प्रोफेशनल एकेडेमीद्धारा बिपन्नलाई निशुल्क बृज कोर्ष र उच्च शिक्षाका लागी छात्रबृति

विगतका दिनमा सिटिइभिटि अन्तर्गतका विभिन्न तालिमहरु सन्चालन गर्दै आएको सिद्धार्थ बुद्ध प्रोफेशनल एकेडमी प्रा.लि. ले SEE दिएर बसेका विद्यार्थी हरुका लागि बृज कोर्स, तैयारी कक्षा र कम्प्यूटर कक्षा संचालन गर्ने भएको छ |

कोरोना महामारीका कारण लकडाउनले गर्दा अध्ययन गर्नबाट बञ्चित विद्यार्थीहरुको समस्या र मागलाई मध्यनजर गरी निषेधाज्ञाको अवस्था अनुसार अनलाइन वा भौतिक रुपमा ब्रिज कोर्ष तथा ईन्ट्रान्स तयारीका कक्षा र कम्प्यूटर कक्षाहरु सञ्चालन गर्ने निर्णय गरिएको संस्थाका व्यवस्थापक जिवराज भट्टराई ले बताए ।

एस.ई.ई पछि के पढ्ने? के पढ्दा के हुन्छ र के पढ्दा कति खर्च लाग्छ भन्ने विषयमा विद्यार्थी हरुलाई जानकारी गराउने र उनिहरुलाई आफुले के पढ्ने भन्नेबारे निर्णय लिन सहज बनाई काठमाण्डौ को N.A.M.E. र Liverpool Institute को सहकार्यमा बिषय विज्ञ प्रशिक्षकहरुबाट सुरक्षाका सबै मापदंड अपनाएर कक्षा संचालन गरीने प्रबंध निर्देशक लक्ष्मण सापकोटाले बताए |

 


साथै गरिव तथा बिपन्न परिवारका बिद्यार्थीलाई निशुल्क बृज कोर्ष साथै उच्च शिक्षाका लागी छात्रबृतिको समते ब्यवस्था गरिइएको अध्यक्ष शुसिल खत्रीले बताए । भोली १० गतेबाट बृज कोर्षको तयारी कक्षा समेत सञ्चालन हुने र इच्छुकले सम्पर्क गर्नुहुन समेत उनले आग्रह गरेका छन ।

सम्बन्धित् समाचार