गृहपृष्ठ खबर इजलासमा प्रश्न : बहुमत नपुग्ने प्रधानमन्त्रीको हैसियत के ?

इजलासमा प्रश्न : बहुमत नपुग्ने प्रधानमन्त्रीको हैसियत के ?

काठमाडौं : प्रतिनिधिसभा विघटनको विरुद्ध परेको रिटमा अहिले संवैधानिक इजलासमा बहस भइरहेको छ। निवेदकहरुको तर्फबाट बहस गर्दै वरिष्ठ अधिवक्ता बद्रीबहादुर कार्कीले संसदमा बहुमत नपुग्ने प्रधानमन्त्रीको हैसियत के हुने भन्दै प्रश्न उठाएका छन्।

इजालसमा उनले प्रश्न गरे : बहुमत पुगेन भने प्रधानमन्त्रीको हैसियत के हो ?

७ वटा संविधान र ४र५ वटा आन्दोलन चलाइसकेको देशको प्रधानमन्त्रीको काम कारवाही समाधान भन्दा पनि अवरोध खडा गर्ने तर्फ देखिएको उनको दलील थियो।

‘निर्वाध रुपमा समस्या खडा गर्ने काम भयो। नैतिकता भएन। संविधान नै जोगाउन यसलाई निस्तेज गर्नुपर्ने अवस्था छु उनले भने, ‘अरू उपाय छैन। संविधानको सहि व्याख्या र लिकमा ल्याउन इजलासले निर्णय गर्नुपर्छ।’

उनले प्रधानमन्त्रीको पद खेलाचीको पद नभएको भन्दै भने, ‘नैतिकताका आधारमा राजीनामा दिन नपर्नेरु हाउस पनि फेस नगर्ने, राजीनामा पनि दिएको छैन। हाउसको कन्फिडेन्स फेस नगरी अर्को प्रोसेसमा जान पाइदैन। जानु हुँदैन।’

प्रधानमन्त्री केपी शर्मा ओलीले विश्वासको मत नलिनासाथ केयरटेकर प्रधानमन्त्री भएको कार्कीले बताए।

भने,’त्यसैले उनले दाबी गर्न पाउँदैन।’

सम्बन्धित् समाचार