गृहपृष्ठ खबर लुम्बिनी प्रदेशसभा बैठक असार २७ गतेसम्मका लागि स्थगित

लुम्बिनी प्रदेशसभा बैठक असार २७ गतेसम्मका लागि स्थगित

बुटवल : आइतबार स्थगित भएको लुम्बिनी प्रदेशसभा बैठक आज पनि नबसी स्थगित गरिएको छ। आइतबारको बैठक विपक्षी गठबन्धनको बहिस्कारपछि बुधबार बस्नेगरी स्थगित गरिएको थियो। आज बस्ने भनिएको बैठक पनि सूचना टाँसेर स्थगित गरिएको छ। प्रदेशसभा सचिवालयमा सूचना टाँस गर्दै प्रदेशसभाको दशौं बैठक १८ दिनको लागि स्थगित गरिएको छ।

अब असार २७ गतेसम्म मात्रै बैठक बस्ने छ। प्रदेशसभा सचिवालयमा टाँस गरिएको सूचनामा ‘पूर्व सूचना अनुसार निर्धारित आठौं अधिवेशनको दशौं बैठक विशेष कारणवश स्थगित भएकोले आगामी दशौं बैठक माननीय सभामुखज्यूको निर्देशानुसार मिति २०७८ साल आषाढ २७ गते आइतबार दिनको १ः०० बजे बस्ने गरी तय भएको व्यहोरा प्रदेश सभा नियमावली, २०७४ को नियम ६ को उपनियम ९३० बमोजिम माननीय सदस्यज्यूहरूको जानकारीको लागि यो सूचना प्रकाशन गरिएको छ,’ उल्लेख छ।

विपक्षी गठबन्धनले सरकारको वैधानिकतामाथि प्रश्न उठाउँदै प्रस्तुत बजेटमाथि छलफल प्रारम्भ भएलगत्तै बैठक बहिस्कार गरेका थिए।

सम्बन्धित् समाचार