मोरङ : सुनवर्षी नगरपालिका–४ मा एकजनाले बुबाको हत्या गरेका छन् । स्थानीय ४० वर्षीय दयालु ताजपुरियाले ६८ वर्षीय बुबा टिनताल ताजपुरियाको ढुंगा प्रहार गरी हत्या गरेका हुन् ।
मादक पदार्थ सेवन गरेको विषयमा भएको सामान्य विवादमा दयालुले ओछ्यानमा सुतिरहेका बुबाको टाउकोमा ढुंगा प्रहार गरेर हत्या गरेको जिल्ला प्रहरी मोरङका प्रहरी नायब उपरीक्षक मञ्जिल मुकारुङले बताए ।
ढुंगा प्रहारबाट घाइते टिनतालको कोशी अस्पतालमा उपचारका लागि भर्ना गरिएको थियो । तर अस्पतालले उपचार सम्भव नभएपछि अन्तै रिफर गरेपछि परिवारद्वारा आर्थिक अभावमा घरै फर्काइएका उनको आइतबार मृत्यु भएको मुकारुङले बताए ।
दयालुलाई इलाका प्रहरीले नियन्त्रणमा लिइ घटनाको अनुसन्धान गरिरहेको उनले बताए ।







