गृहपृष्ठ खबर अर्जेन्टिनाले बोलिभियालाई हरायो, मेसीको दुई गोल

अर्जेन्टिनाले बोलिभियालाई हरायो, मेसीको दुई गोल

प्रकाशित मिति:

काठमाडौं : कोपा अमेरिकामा लिओनल मेसीले उत्कृष्ट प्रदर्शन गरेसँगै अर्जेन्टिनाले बोलिभियामाथि सानदार जित निकालेको छ। मंगलबार विहान सम्पन्न खेलमा अर्जेन्टिनाले ४-१ गोलको जित निकालेको हो।

खेलको छैटौं मिनेटमा गोमेजको गोलबाट अर्जेन्टिनाले खेलमा अग्रता लियो। उनलाई गोल गर्न मेसीले पास दिए।

मेसीले त्यसपछि दुई गोल गरे। उनले खेलको ३३ मिनेटमा पेनाल्टीमार्फत र ४२ मिनेटमा गरी दुई गोल गरेका हुन्।

६० मिनेटमा बोलिभियाका साभेन्द्रले गोल फर्काए। ६५ मिनेटमा लाउटारो मार्टिनेजले अर्जेन्टिनाका लागि चौथो गोल गरेका थिए।

यसअघि नै अन्तिम आठमा पुगेको अर्जेन्टिना चार खेलबाट १० अंक जोडेर समूह विजेता बन्यो। अर्जेन्टिनाले एक खेलमा बराबरी खेल्दा तीन खेलमा जित निकाल्यो।

समूहबाट ७ अंक जोडेर उरुग्वे दोस्रो, ६ अंक जोडेको पाराग्वे तेस्रो र ५ अंक जोडेको चिली चौथो हुँदै अन्तिम आठमा पुगे। बोलिभियामा भने सबै चार खेलमा हार बोहोर्दै बाहिरियो।

सम्बन्धित् समाचार