कपिलवस्तुको बुद्दभुमी नगरपालिकामा राष्ट्रिय धान दिवस तथा रोपाइँ महोत्सव मनाइएको छ । ” धान उत्पादनमा वृद्धिस् खाद्य सुरक्षा , आत्मनिर्भरता र समृद्धि ” भन्ने मुल नाराका साथ बुद्दभुमी नगरपालिका वडा नं – ४ सितापुरमा सम्पन्न भएको हो ।


बुद्दभुमी नगरपालिकाको आयोजनामा संचालन भएको १८ औ राष्ट्रिय धान दिवस तथा रोपाइ महोत्सवलाई प्रगतिशील कृषक समुहले संयोजन गरेको थियो ।बुद्दभुमी नगरपालिकाले आयोजना गरेको गरेको कार्यक्रममा सितापुरमा धान महोत्सव सङै असार प्रन्ध अर्थात दहि चिउरा खाने दिन पनि मनाइएको छ । बुद्दभुमी नगरपालिकाको राष्ट्रिय धान दिवस तथा रोपाइ महोत्सव कार्यक्रममा बुद्दभुमी नगरपालिकाका नगर प्रमुख केशब कुमार श्रेष्ठको प्रमुख आतिथ्यता , नगर उपप्रमुख मिरा चौधरीको बिशिस्ट आतिथ्यता , प्रगतिशील कृषक समुहका सचिब नारायण बहादुर खत्रीको अध्यक्षता रहेको कार्यक्रमको संचालन भने बुद्दभुमी नगरपालिकाका प्राविधिक सहायक छोटेलाल कोहारले संचालन गर्नु भएको हो ।

कार्यक्रममा बुद्दभुमी नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत अनिल पौडेल , वडा – ४ का वडा अध्यक्ष पवन कुमार चौधरी , नगरपालिकाका कृषि अधिकृत देविराम बेल्बासे लगायत अन्य कर्मचारिहरुको पनि उपस्थिति रहेको थियो । धान दिवस तथा रोपाइ महोत्सवमा बोल्दै नगर प्रमुख केशब कुमार श्रेष्ठले भन्नुभयो ” नगरपालिकालाई कृषिमा आत्मनिर्भर बनाउने अभियान रहेको छ , बुद्दभुमीमा कृषकलाइ प्रोत्साहन गर्न नगरपालिका पछि हट्ने छैन । ”
यस्तै प्रमुख प्रशासकिय अधिकृत अनिल पौडेलले नगरपालिकामा आधुनिक कृषि लाई महत्व दिनुपर्ने बताउदै आगामी आर्थिक बर्षमा आधुनिक कृषि र कृषि यन्त्रलाइ नगरपालिकाले प्राथमिकतामा राख्ने बताउनु भएको हो । ” बुद्दभुमी नगरपालिका सधै कृषकको साथमा छ ” उहाले भन्नुभयो ।









