गृहपृष्ठ खबर पदभार ग्रहण गरेसंगै अध्यक्ष भुसालले गरे अक्षयकोष छात्रवृति स्थापनाको घोषणा

पदभार ग्रहण गरेसंगै अध्यक्ष भुसालले गरे अक्षयकोष छात्रवृति स्थापनाको घोषणा

वैखरी अनलाइन : लायन्स क्लव अफ कपिलवस्तुको पद हस्तान्तरण कार्यक्रम सम्पन्न भएको छ । जिल्लाको बाणगंगा नगरपालिका वडा न २ को जनता मा. वि. पिपराको सभाहलमा कार्यक्रम सम्पन्न भएको हो । कार्यक्रममा २०२०/२१ का अध्यक्ष लायन्स सुरेन्द्र घिमिरेले आफ्नो कार्यकालको प्रगति विवरण एक भिडियो मार्फत प्रस्तुत गर्दै वर्ष २०२१/२२ का अध्यक्ष धातानन्द भूसाललाई पद हस्तान्तरण गर्नुभएको थियो ।

सामाजिक सेवामा सक्रिय युवाहरुको संस्था लायन्स क्लव अफ कपिलवस्तुमा बर्ष २०२१/२२का लागि हर्टविट एफ.एम.का अध्यक्ष समेत रहनुभएका धातानन्द भुसालले अध्यक्षको पद ग्रहण गर्नु भएको छ । बर्ष २०२१/२२को बार्षिक कार्यक्रम प्रस्तुत गर्दै अध्यक्ष भुसालले खेम सावित्रा सम्मान लायन्स अक्षयकोष छात्रवृतिको स्थापना भएको घोषणा गर्नु भएको थियो । भुसालले परिवारको खुसि आफ्नो खुसि भएको प्रष्ट पर्दै सामाजिक सेवामा सर्मपित उहाकि दम्पति भगवती भुसालको चाहना अनुसार अक्षयकोषको स्थापना गरिएको बताउनु भएको थियो ।

एक लाख एघार हजार एक सय एघार खेम सावित्रा सम्मान लायन्स अक्षयकोष छात्रवृति नामक अक्षयकोषले हरेक बर्ष ११ जना गरिब तथा जेहनदार विध्यार्थी हरुलाई छात्रवृति प्रदान गरिने उहाँले हर्टविट एफएमलाई जानकारी दिनु भयो । उक्त छात्रवृतिले विधार्थीको शैक्षिक गुणस्तर तथा पढ्नुर्पछ भन्नेकुराका मनोवल उच्च हुनेछ भन्ने विश्वास लिनुभएको छ । कार्यक्रमका प्रमुख अतिथि लायन्स नवराज न्यौपानेले २०२१/२२ का नव नियुक्त अध्यक्ष भूसाललाई सफल कार्यकालको शुभकामना प्रदान गदै रचनात्मक भएर कार्य गर्न सुझाव दिनुभएको थियो ।

कार्यक्रममा अध्यक्ष भूसालले लायन्सका सम्पूर्ण पदाधिकारीलाई आआफ्नो जिम्मेवारी प्रदान गरि आफुनो कार्यकाललाई उत्कृष्ट बनाउन आग्रह गर्नुभयो । कार्यक्रममा जोन चियर पर्सन कृष्ण केसी विशिष्ट अतिथ्यता, हर्टविट एफ.एम. का बरिष्ठ उपाध्यक्ष तुल्सी प्रसाद अर्याल लागयतको आथित्यता थियो भने कार्यक्रम संयोजन लायन्स मोहन अर्यालले गर्नुभएको थियो ।

सम्बन्धित् समाचार