गृहपृष्ठ खबर बाणगंगा नगरपालिकाको विकास : पानी पर्नासाथ सडकमै पोखरी

बाणगंगा नगरपालिकाको विकास : पानी पर्नासाथ सडकमै पोखरी

सागर वि.क. (वैखरी अनलाइन) : धेरैजसो मानिसले विकास भनेको नै सडक बाटो भनेर बुझ्ने गर्छन् । आफ्नो घरअगाडि पिच सडक बनेपछि विकास भएको मान्छन् । तर त्यो पिच सडक कत्तिको गुणस्तरीय र वैज्ञानिक छ भनेर कमै मानिसले मात्रै चासो राख्छन् ।

कपिलवस्तुको बाणगंगा नगरपालिकामा जनप्रतिनिधि आएपछि कालोपत्रे सडक निर्माणले तीव्रता पाएको छ । ‘खै विकास’ भन्नेलाई बाणगंगाका जनप्रतिनिधिले सुरुमा देखाउने भनेको पिच सडक नै हो । नगरपालिकामा बनाइएका नाली विनाका पिच सडक भने वैज्ञानिक देखिँदैन् । हिउँदमा चिल्ला देखिने पिच सडक बर्खामा पानी पर्नेबित्तिकै पोखरी बन्छन् । भौतिक निर्माणमा करोडौँ खर्चिने बाणगंगा नगरपालिकाले नाली निर्माणमा त्यति चासो देखाउँदैन् । बाणगगंगामा कालोपत्रे गरिएका अधिकांश सडकमा व्यवस्थित नाली निर्माण गरिएको छैन् ।

बाणगंगा नगरपालिकाको मुख्य बजार क्षेत्र चार नम्बर जीतपुरमा पनि बर्षाको समयमा सडकमा नै पोखरी बन्ने गर्छ । हरेक दिन जसो नगरका जनप्रतिनिधि ओहोर दोहोर गर्ने यस्ता सडकमा देखिएका समस्या समधानमा भने केही चासो नदेखाएको स्थानीय बताउँछन् । त्यस्तै सडकलाई व्यवस्थित बनाउने कुरामा जनप्रतिनिधिले कुनै पहल नगरेको स्थानीय रामलौटन थारु बताउँछन् ।

नगरका सडकको बीच भागमा नै ठूला ठूला खाडल देखिए पनि त्यसको मर्मतसम्भारमा केही नगरिएको अर्का स्थानीय सुरेन्द्र पौडेल बताउँछन् । आगन्तुक मानिसको पनि सर्वप्रथम पहिले सडक जस्ता पूर्वाधारमा ध्यान जाने भएकाले सडकलाई व्यवस्थित र सुन्दर बनाउन नगरले ठोस पहल गर्नुपर्ने स्थानीयको भनाई छ । नगरका जनप्रतिनिधिले सडकमा खाल्डो देखेर पनि नदेखे जस्तो गरेको र पटकपटक भन्दा नसुन्ने गरेको स्थानीयको आरोप छ ।

सम्बन्धित् समाचार