बलिउड अभिनेता अमिर खान र उनकी श्रीमती किरण रावले संयुक्त विज्ञप्ती जारी गर्दै आफूहरु सम्बन्धविच्छेद गर्ने निर्णयमा पुगेको बताएका छन्।
१५ वर्षको वैवाहिक जीवनको अन्त्यको घोषणा गर्दै दुवैले अब आआफ्नो जीवनको नयाँ अध्याय सुरु गर्ने बताएका छन्।
‘हामी हाम्रो जीवनको नयाँ अध्याय सुरु गर्न चाहन्छौं। अब हामी श्रीमान श्रीमती रहँदैनौं। हामी को-प्यारेन्ट र परिवार बनेर एकअर्का सँग हुनेछौ’ विज्ञप्तीमा उल्लेख छ। खान र रावले छोरा आजादलाई संयुक्त रुपमा हुर्काउने समेत बताएका छन्।
उनीहरुले आफूहरु छुट्टिने निर्णय केही समय अघि नै लिएको र अहिले भने त्यसलाई कार्यान्वयन गर्ने सही बेला आएको बताएका छन्।
सम्बन्धविच्छेद भएपनि फिल्म र अन्य योजनामा भने सँगै काम गर्ने दुवैले बताएका छन्।










