गृहपृष्ठ अन्तरास्ट्रिय खबर युरोप जान लागेका आप्रवासी बोकेको डुंगा भूमध्यसागरमा डुब्यो, ४३ जनाको मृत्यु

युरोप जान लागेका आप्रवासी बोकेको डुंगा भूमध्यसागरमा डुब्यो, ४३ जनाको मृत्यु

युरोप जान लागेका विभिन्न मुलुकका आप्रवासी बसेको एउटा डुंगा शनिबार भूमध्यसागरमा डुबेको छ।

अन्तर्राष्ट्रिय सञ्चारमाध्यमका अनुसार लिवियाको उत्तर पश्चिमी तट जुवाराबाट इटाली जान भनेर हिँडेको डुंगा ट्युनिसियाको सीमानजिक डुबेको हो।

इन्जिन बिग्रिएर डुंगा डुब्दा ४३ जनाको मृत्यु भएको छ भने ८४ जनालाई ट्युनिसियाको नौसेनाले उद्धार गरेको छ।

डुंगामा इजिप्ट, सुडान, बंगलादेशलगायत मुलुकका नागरिकहरू सवार रहेको बताइएको छ।

पछिल्लो समयमा इटाली हुँदै  युरोप छिर्न खोज्ने आप्रवासी चढेका डुंगा दुर्घटना भएर धेरैले ज्यान गुमाएका छन्।

 

मध्यपूर्व र अफ्रिकामा द्वन्द्वग्रस्त र गरिब  मुलुकका नागरिकहरू ज्यानको बाजी लगाएर भूमध्यसागरबाट युरोप जान खोज्छन्।

पछिल्लो समय यसरी इटाली पुग्नेहरूको संख्या केही घटेको थियो तर सन् २०२१ को सुरूदेखि त्यो संख्या फेरि बढेको छ।

यो वर्ष अहिलेसम्म १९ हजार ८ सय मानिसहरू इटाली पुगेका छन् गत वर्ष यही समयमा त्यो संख्या ६ हजार ७ सय मात्र थियो।

सम्बन्धित् समाचार