गृहपृष्ठ खबर राष्ट्रपति र प्रधानमन्त्रीले देशलाई प्रतिगमनको दिशामा धकेल्नुभयो- नारायणकाजी श्रेष्ठ

राष्ट्रपति र प्रधानमन्त्रीले देशलाई प्रतिगमनको दिशामा धकेल्नुभयो- नारायणकाजी श्रेष्ठ

प्रकाशित मिति:

काठमाडौं : नेकपा माओवादी केन्द्रका नेता नारायणकाजी श्रेष्ठले प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रपतिको सहयोगमा एकपछि अर्को प्रतिगामी कदम चालेको बताएका छन् । सोमबार राष्ट्रियसभाको बैठकमा बोल्दै श्रेष्ठले राष्ट्रपति र प्रधानमन्त्रीले देशलाई प्रतिगमनको दिशामा धकेलेका कारण अहिले प्रतिगमन र अग्रगमनको द्वन्द्व संघर्षबीचबाट देश गुज्रिराखेको बताए ।

प्रधानमन्त्री ओलीले नेपालको आन्तरिक राजनीतिमा विदेशी हस्तक्षेप निम्त्याएको आरोप पनि श्रेष्ठले लगाएका छन् । विदेशीसँग मिलेमतोमा प्रधानमन्त्रीले संविधानमाथि प्रहार गरेको श्रेष्ठको दाबी छ ।

‘विदेशीको योजना र मिलिभगतमा प्रधानमन्त्रीले संविधान र लोकतन्त्रमाथि आक्रमण गरिहनुभएको छ,’ श्रेष्ठले भने, ‘उहाँले राष्ट्रिय स्वाधिनतामा गम्भीर धोकाधडी गर्नुभयो ।’

तर, प्रतिगमन र निरंकुशताको छिटा राष्ट्रिय सभाभित्र पनि आउन थालेको भन्दै श्रेष्ठले आफूलाई बोल्न २० मिनेट समय हुँदाहुँदै राष्ट्रिय सभा अध्यक्षले समय घटाएको भन्दै आपत्ति जनाए ।

सम्बन्धित् समाचार