गृहपृष्ठ अर्थ/वाणिज्य बुद्धभूमि नगरपालिकाको बजेट १ अर्व १८ करोड

बुद्धभूमि नगरपालिकाको बजेट १ अर्व १८ करोड

वैखरी अनलाइन : कपिलवस्तुको बुद्धभूमि नगरपालिकाले अगामि आर्थिक बर्षको बजेट सार्वजनिक गरेको छ । नगरपालिकाले गोरुसिंगेमा पत्रकार सम्मेलनको आयोजना गरि आगामि आर्थिक बर्ष २०७८/७९ का लागि बजेट सार्वजनिक गरेको हो । बजेट सार्वजनिक गर्दै मेयर केशव कुमार श्रेष्ठले आगामी आर्थिक वर्षका लागि १ अर्व १८ करोड बजेट विनियोजन गरिएको बताए । एक प्रेस विज्ञप्ति मार्फत बजेट सार्वजनिक गरिएको थियो ।

विज्ञप्तिमा १ सय ११ नीति पारित भैसकेको विनियोजन ऐन २०७८, आर्थिक ऐन २०७८ नगर दररेट २०७८ पारित गरिएको उल्लेख गरिएको छ । त्यस्तै आगामि आर्थिक बर्ष ४ वटा गौरवका आयोजनाका लागि वजेट विनियोजन गरिएको छ । पमित भएको टिक्का–बुडडी–धनकौलो दुईलेन सडक, बुड्डी तालको सौन्दयीकरण तथा थारू संग्रहालय निर्माण तथा सहलगानीका रूपमा प्रस्ताव गरिएको र रिङरोडका दुईवटा मोटरेवल पुललाई गौरवको आयोजनाका रूपमा पारित गरिएको बताईएको छ ।

डीपीआर तयार भैसकेकोले १५ शैयाका ेहस्पिटल निर्माणलाई अगाडि बढाउन नगरबाट १ करोड विनियोजन भएको उक्त कार्यलाई पूर्णता दिन जिल्ला तथा संघीय सरकार संग अपेक्षा गरिएको र मानपुर स्वास्थ्यचौकीलाई सुविधा सम्पन्न बनाउन बजेट व्यवस्था गरिएको छ । त्यस्तै शिक्षा, स्वास्थ्य, कृषि विभिन्न पक्षलाई समेटेर बजेट विनयोजन गरिएको छ ।

सम्बन्धित् समाचार